मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १० मंगलबार
  • Friday, 14 August, 2026
बझाङ सदरमुकाम चैनपुरमा भूकम्पले चर्किएको चार तले घरमाथि बनाइएको मन्दिर र भवनहरू । तस्बिर साैजन्य : नरेन्द्र उपाध्याय
तेजराज भट्ट काठमाडौं
२o७९ माघ १० मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा भूकम्प : बझाङ सदरमुकामका पक्कीघरमा समेत क्षति, अन्य ठाउँकाे विवरण संकलन हुँदै [अपडेट]  

Read Time : < 1 मिनेट
तेजराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १० मंगलबार १६:३२:oo

बाजुरामा भूकम्पका कारण केही घर भत्किएकाे विवरण आएकाे छ। बझाङ सदरमुकाम चैनपुरमा भूकम्पले चर्किएको चारतले घरमाथि बनाइएको मन्दिर र अन्य केही भवनमा क्षति पुगेकाे छ। भूकम्पबाट बझाङ कृषि ज्ञान केन्द्रकाे भवन भत्किएको विवरण प्राप्त भएकाे छ। 

बाजुरा हिमाली गाउँपालिका विच्छयाको मेला आपपास केन्द्रबिन्दु भएर दिउँसो २ः४३ मा गएको ५.९ म्याग्नेच्युटको भूकम्पमा सातवटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ। 

भूकम्पको धक्कापछि सञ्चार विच्छेद हुँदा विवरण संकलन गर्न असहज भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए। 

उनका अनुसार मानवीय क्षतिको सूचना अहिलेसम्म आएको छैन। थप विवरण संकलन गर्ने कार्य भइरहेको डिएसपी थापाले बताए। भूकम्पको धक्का नेपालको साथै भारतका सीमावर्ती क्षेत्रमा महसुस गरिएको छ।