१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विमान दुर्घटनाबारे अनुमानको भरमा विज्ञता नदर्शाउन प्राधिकरणको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४o:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न आग्रह गरेको छ। प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै प्राधिकरणले अनुमानको भरमा विज्ञता नदर्शाउन सबैलाई आग्रह गरेको हो।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए। सामाजिक सञ्जालमा विमानभित्रबाटै लाइभ गरेको भनेर भ्रम छर्न अर्कै भिडियो प्रचार गरिरहेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट पारे।

‘सामाजिक सञ्जालमा आएका भिडियो फुटेजहरू हामीले पनि हेर्याैँ। त्यसमा कुनै सत्यता छैन,’ प्रवक्ता निरौलाले भने, ‘जुन एउटा फेसबुकमा लाइभ भएको भिडियो देखिन्छ, त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसावले कसैले गलत सूचना संप्रेषण गरेको देखिन्छ।’

ad
ad