१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१३:oo

यातायात व्यवसायीले पाँच पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन हुने व्यवस्था कार्यान्वयन नगर्न माग गरेका हुन् ।

२०७६ सालदेखिको रेकर्ड हेरी पाँच पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चलाक अनुमतीपत्र निलम्बन गर्ने व्यवस्था यही पुस १ गतेदेखि लागु भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले लाइसेन्स निलम्बनको व्यवस्था अति नै अन्यायपूर्ण र अव्यवहारिक भएको बताए ।

उनले  सार्वजनिक यातायातमा चालक अभाव भइरहेको तथा बस खाली बस्नुपरेको भन्दै पाँच पटकभन्दा बढी गल्ती गर्दा हुने कारबाही र ६ महिनाको निलम्बन कुनै पनि हालतमा सही नभएको टिप्पणी गरे । उनले  सवारी साधननै होल्ड भएको अवस्थामा भएका चालकलाई समेत कारबाही गरेर निलम्बन गर्ने व्यवस्था कार्यान्वयन नगर्न ट्राफिक प्रहरी कार्यालयसँग अनुरोध गरे ।

 महानगर यातायात प्राली वनस्थली र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयुक्त आयोजनामा भएको चालक र सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महानगर यातायात प्रा। लि।का वरिष्ठ सल्लाहकार धर्मराज रिमालले गम्भीर कसुरमा उचित कारबाही गर्न सकिने तर गल्ती गनेर लाइसेन्स निलम्बन गर्ने कार्य कुनैपनि हालतमा उपयुक्त नभएको बताए । कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियमको पूर्ण पालनाले मात्रै दुर्घटना कम गर्न सकिने भएकाले सडक र यातायातको प्रयोगमा चालक जिम्मेवार बन्नुपर्ने बताए । उनले नियममा बाँधिएर अनुशासित हुनैपर्ने जिकिर गरे । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी उपरिक्षक अवधेश बिष्ट क्षेत्रीले ट्राफिक प्रहरीको कार्य र जिम्मेवारी जानकारी नभएर सबैभन्दा बढी गाली ट्राफिक प्रहरीलाई गर्ने गरिएको भन्दै उनले मैत्रीपूर्ण व्यवहार नगर्ने र गल्ती गर्ने प्रहरीबारे उजुरी गर्न अनुरोध गरे ।  उजुरीमाथि छानबिन गरी तत्काल सुधार गर्ने उनको  प्रतिबद्धता थियो ।

महानगर यातायात प्रा।लि।ले विज्ञप्ति नै जारी गरेर लाइसेन्स खारेजसम्बन्धी व्यवस्थाको कार्यान्वयन तत्काल स्थगित गर्न माग गरेको छ । संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले गर्न पाउने अधिकतम् १५ सय रुपैयाँको जरिवाना र ५ पटकभन्दा बढी कसुरमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने व्यवस्थाले व्यवसायी र मजदुरलाई अत्यन्त मर्का परेको बताए । 

ad
ad