१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
एजेन्सी बेइजिङ
२o८१ बैशाख १८ मंगलबार o८:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

चीनमा युवा बेरोजगारीको दर नयाँ उचाइमा

Read Time : > 1 मिनेट
एजेन्सी, बेइजिङ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४९:oo

चीनमा हाल १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस बेरोजगार रहेको चीनको आधिकारिक तथ्यांकमा आधारित अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनको अध्ययनले देखाएको छ । तथ्यांकअनुसार सहरी युवाको जनसंख्या १० करोड ७० लाख रहेको छ । यो तथ्यांकमा ग्रामीण बेरोजगारीलाई भने समावेश गरिएको छैन । कोभिड–१९ का कारण पाँचमध्ये एक सक्षम चिनियाँले रोजगारी गुमाएका अध्ययनमा उल्लेख छ ।

कोभिड–१९ तथा रुस–युक्रेन युद्धको विश्वव्यापी प्रभाव चीनले पनि व्यहोरेका कारण आर्थिक मन्दीको सामना गरेको र सुस्तीका कारण कम्पनीहरूले आफ्ना कर्मचारीलाई कटौती गर्दा बेरोजगारीको दरमा वृद्धि भएको हो ।  द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा बेरोजगार दर १५.३ प्रतिशत रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको हो । त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प्रतिशत पुगेको उल्लेख छ ।

अगस्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरेको पनि यो अहिलेसम्मकै उच्चतम बिन्दुमा रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । ‘चीनको शिक्षा मन्त्रालयले गत महिना एक करोड १६ लाख स्नातकहरू रोजगार बजारमा प्रवेश गर्ने बताएअनुसार अर्को वर्ष स्थिति अझ खराब हुन सक्नेछ,’ सिएनएनको रिपोर्टमा भनिएको छ । वासिंगटन डिसीस्थित जेम्सटाउन फाउन्डेसनका सिनियर फेलो विली लामलाई उद्धृत गर्दै हङकङ पोस्टले लेखेको छ, ‘निश्चित रूपमा यो चार दशकभन्दा बढीको अवधिमा युवाहरूका लागि चीनको सबैभन्दा खराब रोजगारी संकट हो ।’ 

घट्दो कामकाजी जनसंख्या
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३० को दशकमा १५ देखि ६४ वर्ष उमेर समूहका रूपमा परिभाषित गरिएको चीनको कामकाजी उमेरको जनसंख्या तीव्र गतिमा घट्न सुरु हुनेछ र यो शताब्दीको अन्त्यसम्ममा ६० प्रतिशतभन्दा बढीले घटेर ३७ करोड ८० लाखमा झर्नेछ ।चीनमा सन् २०१४ मा ९९ करोड ७० लाख रहेको काम गर्ने उमेरको जनसंख्या सन् २०२१ मा घटेर ९८ करोड ६० लाखमा झरेको थियो ।

ad
ad