१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेसनल लाइफको गोसाईँकुण्ड हेली टुर सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३७:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ‘गोसाईँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई पौष ७ देखि ९ सम्म ‘गोसाइँकुण्ड हेली टुर’ काठमाडौंको बुढानीलकण्ठबाट हेलिकोप्टरमा गोसाईँकुण्डको भ्रमण गराएको हो।

भ्रमणमा जानुपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरूलाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारका भ्रमणले अभिकर्ताहरूको मनोबल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए। देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट भई कार्यक्रममा सहभागी करिब २०० अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरू उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। 
 

ad
ad