Skip This
लिट्रेचर फेस्टिभलमा गोपाल योञ्जनको सम्झना 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ८ शुक्रबार o८:५o:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

लिट्रेचर फेस्टिभलमा गोपाल योञ्जनको सम्झना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार o८:५o:oo

पोखरामा बुधबारदेखि सुरु भएको दशाैँ संस्करणको नेपाल लिट्रेचर फेस्टिभल २०२२ को दोस्रो दिन वरिष्ठ संगीतकार स्वर्गीय गोपाल योञ्जनको सम्झनामा सांगीतिक कार्यक्रम गरिएको छ । योञ्जनको स्वर्गारोहणको २५ वर्षमा गोपालय सांगीतिक प्रस्तुति दिइएको हो । 

कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरेका थिए । त्यस्तै, उज्ज्वल सागर, बानिका प्रधानलगायतले योञ्जनका गीत गाएका थिए । कार्यक्रममा गोपाल योञ्जनका गीतहरूको संग्रह गोपालयसमेत लोकार्पण गरियो । 

नेपाली कला, साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको फेस्टिभलअन्तर्गत बुधबार शुभारम्भ साँझ आयोजना गरिएको थियो । महोत्सवको औपचारिक उद्घाटन बिहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । उद्घाटन सत्रमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन दिए ।

उनले आउँदा दिनमा नेपालले अपनाउनुपर्ने विकासको शैली र सम्भावनासँगै राजनीतिक÷सामाजिक नेतृत्वले लिनुपर्ने बाटोबारे आफ्नो धारणा राखे । संसारका बाँकी मुलुकको तुलनामा नेपालको गति ज्यादै सुस्त रहेको उनले बताए । ती मुलुकलाई भेट्ने गरी नेपालीले काम गर्नुपर्ने उनको सुझाव थियो । 

फेस्टिभलमा विभिन्न ५५ सत्रमा छलफल हुनेछ । छलफलमा देश र विदेशका गरी करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।