Skip This
राष्ट्रपतिसमक्ष मुख्यमन्त्रीको गुनासो- संघले अधिकार नदिँदा प्रदेश निरीह बने  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ मङ्सिर २९ बिहीबार १९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिसमक्ष मुख्यमन्त्रीको गुनासो- संघले अधिकार नदिँदा प्रदेश निरीह बने  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १९:५o:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संघले संविधानप्रदत्त अधिकार नदिँदा प्रदेश सरकार निरीह बनिरहेको गुनासो गरेका छन्। 

बिहीबार विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको औद्योेगिक व्यापारिक मेला विराट एक्स्पोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  मुख्यमन्त्री राईले गुनासो गरेका हुन्। 

उनले प्रदेश सरकारहरूले संघले बेवास्ता गर्दा बनाएका कानुनहरू प्रयोगमा ल्याऊ नपाएको संविधानअनुसार साझा वित्तीय अधिकारहरू उपभोग गर्न नपाउँदा बजेट निर्माणमा पनि संघकै भर पर्नु बाध्यता कायमै रहेको बताए।

उनले संघबाट अधिकार दिलाउन पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीसँग भने, ‘राष्ट्रपतिज्यू तपाईं हाम्रो अभिभावक हो। संघीयताको संरक्षक हो। यसैले, भन्नका लागि संघीयता भनिए पनि देशमा अझै केन्द्रीकृत शासन प्रणाली कायमै छ। प्रदेशलाई अधिकार दिलाउन पहल गरिदिनु होला।’ 

राईले संघीयताको व्यावहारिक कार्यान्यवन हुन सके देशमा विकासले गति लिने दाबी गरे। उनले सीमित आयस्रोत र संघको अनुदानमा भरपर्दा सानो बजेट बनाउनुपर्ने बाध्यता भए पनि संघले भन्दा जिल्लामा प्रदेश सरकारले कैयौँ गुणा धेरै योजनाहरू लैजान सफल भएको दाबी गरे।

उनले भने, ‘हाम्रो सिंगो प्रदेशको बजेट संघको एउटा मन्त्रालयको जति पनि छैन तर म चुनौती दिन्छु, संघीय सरकारलाई, आउनुहोस् कसले कहाँ धेरै योजना कार्यान्वयन गरायो।’

मुख्यमन्त्री राईले नागरिकता र पासपोर्ट बनाउने अधिकार अब पालिकामै दिनुपर्नेमा जोड दिए।