१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०९:२८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

व्यायाम गर्दा कतिवेला पानी पिउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २९ बिहीबार ०९:२८:००

जिम सुरु गर्नुभन्दा ५ मिनेट, १० मिनेट पहिले वा दुई घन्टा पहिले, कतिवेला पानी पिउने भन्ने कुनै खास नियम छैन । तपाईंले व्यायाम गर्न जानुअघि पनि पानी पिउन सक्नुहुन्छ, व्यायामका दौरान ब्रेक लिएर पनि र व्यायामपछि पनि पिउन सक्नुहुन्छ । तर, व्यायाम गर्दा तपाईंको शरीर हाइड्रेट हुन भने जरुरी छ । त्यसका लागि प्रशस्त पानी पिउन जरुरी छ । 

उभिएर पानी पिउँदा हाम्रो पेटको लाइनिङमा सीधा पानी पुग्छ । जसलाई हामी इन्टरनल भल्भ भन्छौँ । हामीले उभिएर पानी पिउँदा त्यो डिस्टर्ब हुन सक्छ । जसकारण, हाम्रो पेटमा रहेका अन्य अंग पनि खराब हुन्छन् । यही गल्ती बारम्बार दोहो¥यायौँ भने किड्नी फिल्टर गर्ने हाम्रो पानीको क्षमता बिस्तारै कम भएर जान्छ । त्यसैले पानी सधैँ बसेर पिउनुपर्छ । 

खाना खानुअघि पानी खाने वा खाइसकेपछि पानी खाने भन्ने विषयमा पनि धेरैका धेरैखाले कुरा आउँछन् । खासमा यदि हामीले खाना खानुभन्दा लगत्तै अघि पानी खायौँ भने हाम्रो शरीरमा रहेका डाइजेस्टिभ इन्जाइमहरू (जो हाम्रो पेटमा हुन्छन् र पानी बनेर मुखमा आउँछ) खाना खानुअघि वा खाना खाइरहेको समयमा पानी पिइयो भने उसको क्षमता कम भएर जान्छ । खाना खाइसकेपछि पनि कम्तीमा दुई घन्टा पानी पिउनु हुँदैन ।