१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विश्वप्रकाश शर्मा महामन्त्री
अन्तर्वार्ता प्रिन्ट संस्करण

जे हुन्छ आत्मीय र सौहार्दपूर्ण रूपमा हुन्छ : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:४o:oo

अन्तर्वार्ता

कांग्रेसमा ६ जना प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । कसरी छनोट गरिन्छ ? 
आकांक्षीमध्येमा सम्भव भएसम्म सर्वसम्मत नेता चयन हुन्छ । सम्भव नभए निर्वाचनकै प्रक्रियाबाट नेता चयन हुन्छ । जे हुन्छ लोकतान्त्रिक अभ्यासअनुसार सौहार्दपूर्ण वातावरणमा हुन्छ ।

तपाईंले अर्का महामन्त्री गगन गापालाई दलको नेतामा प्रस्ताव र समर्थन गर्छु भनिरहनुभएको छ । अंकगणितले त उहाँको सम्भावना देखिँदैन नि ?
संसदीय दलमा पार्टीले जसलाई पनि नेतृत्व चयन गर्न सक्छ । जनताको सर्वोत्तम विवेकले सांसद छनोट हुन्छ । सांसदहरूको सर्वोत्तम विवेकले दलको नेता चयन हुन्छ । र, त्यसपछि देशको प्रधानमन्त्रीका लागि प्रक्रिया सुरु हुन्छ । संसदीय व्यवस्थामा गइसकेपछि को–को उम्मेदवारका रूपमा आउनुहुन्छ, विकल्प पनि थुप्रै हुनुहुन्छ । तर, हामीले अमुक फलानो बन्नुहुनेछ भनेर टुंग्याएजस्तो छैन । दलले फलानो हुँदै हुनुहुन्छ भनेर कसैलाई अघि सारेर जाने अभ्यास पनि छ । ०५६ मा कांग्रेसले किसुनजीलाई अघि सारेको थियो । 

कांग्रेसभित्र यसपटक युवा नेतृत्व र पुस्तान्तरणको आवाज पनि उठिरहेको छ । दलको नेतामा युवाको हस्तक्षेपको सम्भावना छ ? 
यो विषयमा मैले प्रस्टै भनेको छु । अहिले जनताको विवेकले सांसद चयन गरेको छ, सांसदहरूको विवेकले दलको नेता चयन हुन्छ । पछिल्लो निर्वाचनसम्म हालका सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले देशका लागि थुप्रै कर्म गर्नुभएको छ । उहाँलाई सम्मान दोब्बर गर्नुपर्छ । अब उहाँले फलानोलाई अगाडि सारौँ न त भनेर भन्नुपर्छ । उहाँको प्रस्ताव उचित लागे सर्वसम्मत हुन्छ । उहाँको प्रस्ताव उचित लागेन भने या उहाँ आफैँ खडा हुनुभयो भने निर्वाचनको प्रक्रियाबाट नेता चयन होला । जे हुन्छ आत्मीय र सौहार्दपूर्ण रूपमा हुन्छ ।

ad
ad