१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नगरपालिकाको सहयोगमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:२८:oo

सिराहाको लहान नगरपालिकाले नगर क्षेत्रमा बसावास गरिरहेका मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने भएको छ। नगर क्षेत्रमा बसोवास गरिरहेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरिएको छ।

मेयर महेशप्रसाद चौधरी र लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालका तर्फबाट व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले निःशुल्क शल्यक्रियासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि शुक्रबार (१५ मंसिर)देखि चालू आर्थिक वर्ष ०७९–८० को असार मसान्तसम्म अस्पताल व्यवस्थापन समितिको रोहवरमा नगर क्षेत्रका एक हजार मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ।

मोतियाबिन्दुको शल्यक्रियाको क्रममा चाहिने लेन्स, कन्जुमेबल्स तथा अन्य खर्चबापत प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ नगरपालिकाले व्यहोर्ने र बिरामी डिस्चार्ज भई घर फर्किंदा यातायात खर्च अस्पतालले व्यहोर्ने गरी सम्झौता भएको मेयर चौधरीले बताए। ‘यो सम्झौताले नगर क्षेत्रका विशेषतः गरिब, दलित, विपन्न, ज्येष्ठ नागरिक र असहायहरूलाई बढी फाइदा पुग्नेछ,’ चौधरीले भने।

गाउँगाउँमा शिविर सञ्चालन गरिने  
मोतियाबिन्दुबाट हुन सक्ने अन्धोपन रोक्न नगरको २४ वटै वडामा विभिन्न सचेतनामूलक कार्यक्रमसहित आँखा जाँच शिविर सञ्चालन गरिने मेयर चौधरीले बताए। ‘शिविरमा पहिचान गरिएका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गरिनेछ,’ उनले भने।

त्यसका साथै मोतियाबिन्दुबाट हुने अन्धोपन रोक्न सचेतनामूलक पर्चा पम्प्लेटसहित प्रचारप्रसार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे स्थानीय पत्रपत्रिका, एमफएम रेडियो र टेलिभिजन तथा अनलाइन पोर्टलहरूमा सन्देशमूलक विज्ञापन प्रकाशन प्रसारण गरिने उनले बताए।
 
सगरमाथा चौधरी आँखा अस्पतालका प्रबन्धक अभिषेक रोशनले अन्धोपनको मुख्य कारक मोतियाबिन्दु रहेको जानकारी दिए। ‘अस्पतालमा आँखा उपचारका लागि आउने आँखाका बिरामीमध्ये करिब ७० प्रतिशत मोतियाबिन्दुका बिरामी हुने र बाँकी अन्य कारणले समस्या भएका बिरामी हुन्छन्,’ प्रबन्धक रोशनले भने।

‘समयमै उपचार गराउँदा पहिले झैँ देख्न सकिने, तर विभिन्न कारणले उपचार गराउन नगए अन्धोपन हुने जोखिमको सम्भावना बढी भएकाले नगरपालिकाले थालेको काम सह्रानीय हो,’ उनले भने।

ad
ad