Skip This
उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का निर्वाचित    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर १४ बुधबार o८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का निर्वाचित    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार o८:४o:oo

उदयपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन् ।

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् ।   

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार नौ सय १५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यसैगरी  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उद्धव अधिकारीले तीन हजार चार सय ४४ मत ल्याएका छन् । यस क्षेत्रमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।