मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार ०५:५८:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

मैले अहिले पनि अवसर  नपाए कहिले पाउने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १३ मंगलबार ०५:५८:००

अन्तर्वार्ता

प्रधानमन्त्रीका लागि दलको नेता बन्ने योजनामा हुनुहुन्छ ? तपाईंको दाबी केका लागि ? 
निर्वाचनअघि नै मैले प्रधानमन्त्रीमा दाबी रहन्छ भनेको हुँ, साथीहरूले मनन गरिरहनुभएको छ । अब मेरो पालो हो । धेरै दुःख गरेको छु र राष्ट्रिय राजनीतिमा ठूलो योगदान गरेको छु । मसँग विकासको भिजन पनि छ । देशलाई सुशासन दिन सक्ने नैतिक सामर्थ्य पनि ममा छ । म सबैभन्दा वरिष्ठ राजनीतिज्ञ पनि हो । अब पनि मैले अवसर नपाए कहिले पाउने ? मैले नपाए कसले पाउने ? योगदान, इतिहास र बलिदानको केही कदर छैन ?

निर्वाचित भएपछि पार्टी र पार्टीबाहिर के–कसरी दाबी राख्नुभएको छ ? 
सभापतिसँग कुरा राख्नु मेरो कर्तव्य हो, राखेँ । उहाँले सहज रूपमा लिनुभएको छ । ‘हेरौँला नि’ भन्नुभएको छ । यसबाहेक प्रचण्डजी, माधवजीसँग कुरा राख्नुपर्ने हो, राखेको छु । मसँग कुरा गर्दा उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ । चुनावमा पनि उहाँहरूले घोषणा नै गर्नुभएको हो ।

नयाँ र युवालाई अवसर दिनुपर्छ भन्ने आवाज पार्टीभित्र सुनिन्छ, तपाईंलाई कति सहज छ ?
गगन होनहार युवा नेता हुनुहुन्छ, उहाँहरूको पनि अवसर आउँछ, आउनुपर्छ । तर, हाम्रोबीचमा को उपयुक्त हुन्छ भन्ने पनि सल्लाह गर्नुपर्छ । सबै कुरा कांग्रेसका आमकार्यकर्ताले मूल्यांकन गर्ने हो भने पनि अर्को सोच्ने कुरै छैन । इतर पक्ष भन्ने साथीले १४औँ महाधिवेशनमा जे भूमिका खेले, त्यो हेर्नुपर्छ । परिस्थिति दोहोर्‍याउने हो कि के हो ? सोच्नुपर्छ ।