
पाल्पा २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भएका छन् । कांग्रेस उम्मेदवार रानाले नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईलाई पराजित गरेका हुन् । रानाले १६ हजार ३९ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भट्टराईले १३ हजार ९ सय ६४ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले कांग्रेस उम्मेदवार रानालाई विजेता घोषणा गरेका हुन् ।
विजेता नेपाली कांग्रेसका राना ०७४ मा लुम्बिनी प्रदेशको समानुपातिक प्रणालीबाट प्रदेशसभामा मनोनित भएका थिए । हाल उनी लुम्विनी प्रदेशको सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री रहेका छन् ।
प्रदेशसभा निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पाटीका राजु गैरेले १ हजार ५ सय २०, राष्ट्रिय जनमुक्ति पाटीका टेक बहादुर राना मगरले ३ सय ५१, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मीले १ सय ६३ र नेपाल मजदुर किसान पाटीका माधव अधिकारीले ७७ मत पाएका छन् ।
पाल्पा १ (क) मा २३ वटा वडामा ५६ हजार १ सय २० मतदाता रहेकोमा ३४ हजार ५ सय २१ मत खसेको थियो । जसमा ३३ हजार ७ सय ११ मत सदर र ८ सय १० मत बदर भएको थियो ।