१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लमजुङमा मतान्तर घटाउँदै देव गुरुङ, पृथ्वीसुब्बा तीन सय ८ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:३७:oo

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ  र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङबिच कडा प्रतिस्पर्धा भएको छ। 

कुल ८० हजार नौ सय १७ मत खसेको लमजुङमा ६ वटा स्थानीय तहको ५३ हजार पाँच सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार अब बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको २६ हजार ८ सय १७ मतगणना  हुन बाँकी छ । गणना भएको मतमा पृथ्वीसुब्बा गुरुङले २२ हजार चार सय ३८ मत पाएका छन् ।

देवप्रसाद गुरुङले २२ हजार एक सय ३० मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ तीन सय ८ मतले मात्रै अगाडि छन् । सुरुवातको क्व्होलासोंथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको मतगणना भइरहँदा पृथ्वीसुब्बाले देव गुरुङलाई एक हजार नौ सय नौ मतले पछी परेका थिए । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार अहिले समानुपातिक तर्फको मतगणना भइरहेको छ । प्रत्यक्षतर्फको मतगणना भइसकेको ६ वटा पालिकाको समानुपातिक तर्फको मतगणना सकिएपछि प्रत्यक्षतर्फको मतगणना सुरु हुने उनले बताए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा कुल एक लाख ३३ हजार ५ सय ५९ मतदाता थिए । निर्वाचनमा ८० हजार ९ सय १७ मत खसेको थियो ।
 

ad
ad