१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

महिला रेफ्रीलाई पोसाकमा प्रतिबन्ध छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:५८:oo

आयोजक कतारले स्वदेशी तथा विदेशी महिला समर्थकलाई घुँडा छोप्ने पहिलो पहिरन लगाउनुपर्ने नियम बनाएको छ । कतारले इस्लाम धर्मअनुसार महिलाले घुँडा वा कुनै पनि अंग देखाउन नमिल्ने बताउँदै आएको छ । यसको युरोपियन महिला समर्थकमाथि ठूलै असर गरेको छ । उनीहरूले कतारमा फरक किसिमको पहिरन लगाउन बाध्य भएका छन् । 

चालू विश्वकपमा पहिलोपटक तीन महिला रेफ्री पनि देखिनेछन् । फिफाले नयाँ प्रयोगका रूपमा महिला रेफ्रीलाई पनि समावेश गरेको छ । कतारले पहिरनमाथि लगाएको प्रतिबन्धका कारण सुरुमा फिफा अन्योलमा परेको थियो । किनभने, मैदानमा महिला रेफ्री पूरै ड्रेसमा रहँदा दौडन मिल्दैन । यसको विकल्पमा फिफा थियो । तर, कतार विश्वकपअन्तर्गत फिफा रेफ्री कमिटीका प्रमुख पियलुगी कोलिनले महिला रेफ्रीलाई केही प्रतिबन्ध नभएको स्पष्ट पारेका छन् । 

यसपटकको विश्वकपमा रुवान्डाकी सलिमा कुकन्संगा, जापानकी यामासिता योसहिमी र फ्रान्सकी स्टेफनी फ्रापपार्टले विश्वकप खेलाउनेछन् । विश्वकपमा ३६ रेफ्रीले खेल सञ्चालन गर्नेछन् । ‘यो विश्वकपमा आकर्षित गर्ने विशेष पक्षमध्ये महिला रेफ्री पनि हो,’ कोलिनले भने, ‘हाम्रो नजर र नियमअनुसार महिला रेफ्रीले पुरुषले झैँ भूमिका पाउनुपर्छ, उनीहरू खेलका अफिसियल हुन् ।’ अफिसियल रूपमा रहेका महिला फिफाकै नियमअनुसार मैदानमा रहने कोलिनको भनाइ छ । 

ad
ad