मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार १०:०९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दमका रोगीले के कुरामा ध्यान दिने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २ शुक्रबार १०:०९:००

दम भन्नाले श्वासप्रश्वासमा अवरोध गर्ने रोग हो । प्रायः चुरोट बढी खाएकालाई बुढेसकालमा देखिने दम सिओपिडी हो । धुवाँमा पकाउने कुराले श्वासप्रश्वासमा अवरोध गर्दा पनि सिओपिडी हुन्छ । चुुरोट नखानेहरूमा आज्मा नामक दम देखिने गर्छ । धुलो, धुवाँ र बाहिरी वातावरणको असरस्वरुप श्वासनलीका नसाहरू साँघुरो भएर हुने आज्मा हुन्छ । त्यस्तै, अर्को एलर्जी खालको दम हुन्छ, जुन सानो उमेरमा पनि हुनसक्छ । 

मुख्य समस्या
- स्याँस्याँ हुने, खोकी लाग्ने ।
- कहिलेकाहीँ छाती दुख्ने । 
- ज्वरो आउने, पहेँलो खकार आउने । 

ध्यान दिनुपर्ने कुरा
- धुवाँ, धुलो र चिसोबाट बच्ने, धूम्रपान नगर्ने । 
- निमोनियाको भ्याक्सिन हरेक पाँच–पाँच वर्षमा र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) हरेक वर्ष लगाउनुपर्छ । 
- धुवाँमा बसेर पकाउन कम गर्ने । पकाउनै परेमा खुला स्थान, धुवाँ सजिलैबाहिर जाने स्थानमा बसेर पकाउने । धुवाँरहित चुलोमा बसेर पकाउने । 
- प्रोटिनजन्य खानेकुरा, जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने ।