राशिफल

वृश्चिक राशि

वृश्चिक

( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

शुभ रङ : रातो

वृश्चिक : यो साता आत्मविश्वास र मिहिनेतका साथ अघि बढ्ने समय हो । स्वास्थ्यमा खानपान र दिनचर्यामा ध्यान दिनुहोस् । खर्च बढे पनि आर्थिक व्यवस्थापन गर्न सकिनेछ । व्यवसाय विस्तारका लागि लगानीको अवसर मिल्न सक्छ । विद्यार्थीका लागि समय विशेष अनुकूल रहनेछ । साताको अन्त्यमा आकस्मिक यात्रा र नयाँ सम्पर्कले लाभ दिनेछ । सम्पत्तिसम्बन्धी काममा धैर्य गर्नुहोस् ।

मासिक राशिफल उपलब्ध छैन।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मध्यम फलदायी वर्ष रहेको छ। वृहस्पति शुभ रहनाले पठनपाठन राम्रो रहनेछ। धार्मिक तथा तीर्थस्थलहरूको यात्रा हुने सम्भावना छ। मांगलिक कार्यहरूमा अधिक समय व्यतीत हुनेछ। वर्षको मध्यभागमा केही आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ। शनि अशुभ रहनाले आर्थिक समस्याले चिन्ता थप्नेछ। सन्तानसम्बन्धी चिन्ताले समेत सताउन सक्छ। राहु र केतुका कारण जग्गा–जमिन तथा सवारीसाधनसम्बन्धी विवाद हुने सम्भावना छ। नोकरीमा थुप्रै अपजस व्यहोर्नुपर्ने देखिन्छ। मासिक फल यसप्रकार छन्: वैशाखमा शत्रुनाश भई सुखको अनुभव हुनेछ। जेठमा यात्राहरू तथा आर्थिक क्षति हुने सम्भावना छ। असारमा स्वास्थ्य समस्याले सताउन सक्छ। साउनमा पापकर्मका कारण मान–प्रतिष्ठामा बाधा पर्नेछ। भदौमा काम बन्नेछ र समस्याहरू समाधान हुनेछन्। असोजमा धनलाभ र सुख वृद्धि हुनेछ। कात्तिकमा धननाश र पीडा हुन सक्छ। मंसिरमा स्थान परिवर्तनको योग छ। पुसमा व्यवसायमा हानि हुन सक्छ। माघमा ऋणको भय र मानहानि हुने सम्भावना छ। फागुनमा आर्थिक संकट देखिन्छ भने चैतमा सुख–समृद्धि प्राप्त हुनेछ। वैदेशिक क्षेत्रका कामहरूमा समस्या आउन सक्छ। पशुपालन व्यवसाय र कृषिबाट राम्रो लाभ हुनेछ। नोकरीमा मान–सम्मान वृद्धि हुनेछ। आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहनेछन् ।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि