राशिफल

सिंह राशि

सिंह

( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

शुभ रङ : सुनौलो

सिंह : यो साता व्यस्ततासँगै उपलब्धि पनि प्राप्त हुनेछ । व्यवसाय विस्तारका लागि नयाँ सिप सिक्ने अवसर मिल्नेछ । प्रेमसम्बन्धमा संयम र विश्वासले सम्बन्ध अझ बलियो बनाउनेछ । वैवाहिक जीवनमा प्रेम र आत्मीयता कायम रहनेछ । साताको अन्त्यमा राज्यले तपाईँको इमान्दारिता मूल्यांकन राम्रो गर्नेछ । ठुला व्यक्तिसामु आफूलाई स्थापित गर्न सकिनेछ ।

मासिक राशिफल उपलब्ध छैन।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशि हुनेहरूका लागि यो वर्ष सामान्य फलदायी रहने देखिन्छ। विशेषतः वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू सफल हुनुका साथै नयाँ अवसर प्राप्त हुने तथा आर्थिक लाभ मिल्ने योग रहेको छ। वर्षको पूर्वार्धमा पठनपाठनमा खास रुचि नदेखिए पनि उत्तरार्धमा शिक्षा, अध्ययन र बौद्धिक कार्यमा उल्लेखनीय सुधार आउनेछ। यो वर्ष वृहस्पति, शनि, राहु र केतुको मिश्रित अशुभ प्रभावका कारण स्वास्थ्य समस्या, झुटा आरोप, कानुनी वा सामाजिक बन्धन, धनहानि, शत्रु वृद्धि तथा मानसिक तनावजस्ता चुनौती देखिन सक्छन्। त्यसैले शुभफल वृद्धिका लागि ग्रहशान्ति, जप, दान तथा धार्मिक कार्य गर्नु हितकर रहनेछ। वर्षको उत्तरार्धमा राहु–केतुको प्रभाव अनुकूल बन्दै जाने भएकाले केही राहत र सहजता मिल्ने संकेत छ। यो वर्ष व्यापार, पशुपालन तथा कृषिसम्बन्धी व्यवसायबाट राम्रो आम्दानी हुने संकेत बलियो छ। वर्षभरि अढैया शनिको दशा चलिरहने भएकाले केही समयमा मनमा डर, चिन्ता, जिम्मेवारीको भार र कार्यमा ढिलासुस्तीको अनुभव हुन सक्छ। शत्रु वा विरोधी पक्षबाट साना अवरोध देखिए पनि अन्ततः तपाईंको पक्षमा परिणाम आउनेछ। विशेष उपाय : शनिको व्रत–उपासना गर्नु, शनिदेवलाई तेल अर्पण गर्नु, पीपलको पूजा गर्नु तथा महाकाल–मृत्युञ्जय मन्त्रको नियमित पाठ गर्नु अत्यन्त शुभ रहनेछ। यसले अशुभ ग्रहप्रभाव कम गरी साहस, धैर्य र सफलता बढाउनेछ। आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिना विशेष शुभ रहनेछन्। समग्रमा, संयम, धैर्य र सही समयमा सही निर्णयले सिंह राशिका लागि यो वर्ष संघर्षबिच उपलब्धिमूलक बन्नेछ।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि