राशिफल

कुम्भ राशि

कुम्भ

( गो, सा, सि, सु, से, सो, दा, दि, दु )

शुभ रङ : नीलो

कुम्भ : साता नयाँ अवसर र सकारात्मक परिवर्तनको संकेत छ । यात्रा गर्ने अवसर मिलनेछ । आर्थिक पक्ष बलियो बन्नेछ र रोकिएको रकम प्राप्त हुन सक्छ । तपाईंको सोचमा सकारात्मक परिवर्तनहरू आउनेछन् । बिहीबारदेखि पढाइमा सफलता राम्रै मिल्नेछ । अरूबाट प्रशंसा पनि पाउनुहोला । ठुला व्यक्तिको विश्वासको पात्र भई अगाडि बढने अवसर मिलनेछ ।

मासिक राशिफल उपलब्ध छैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामान्य वर्ष रहनेछ। वर्षको मध्यभागतिर गुरु अनुकूल रहनाले धनलाभ हुने, मानसम्मान प्राप्त हुने र पदोन्नति हुने देखिन्छ। शत्रुहरू वर्षको पूर्वार्धमा पराजित हुनेछन्। शनि, राहु, केतु र गुरु अधिकांश समय अशुभ फलदायी रहने भएकाले झुट्टा आरोप लाग्ने, मनमा अशान्ति हुने, आलस्य बढ्ने, शत्रु वृद्धि हुने, सञ्चित धनको नाश हुने तथा आफन्तसँग वैरभाव बढ्नेजस्ता अशुभ फल प्राप्त हुन सक्छन्। त्यसैले ग्रह शान्तिका लागि आवश्यक कर्म गर्नुपर्ने देखिन्छ। महिनागत रूपमा: वैशाखमा स्वास्थ्य समस्या र धनलाभ, जेठमा मानहानि र कष्ट, असारमा शत्रु नाश र सुख प्राप्ति, साउनमा अनावश्यक खर्च वृद्धि, भदाैमा पारिवारिक चिन्ता र स्वास्थ्य समस्या, असोजमा पापकर्मका कारण मानहानि, कात्तिकमा कामहरू सम्पन्न हुने, मंसिरमा धनलाभ, पुसमा धनलाभ, माघमा स्थान परिवर्तन, फागुनमा व्यापार–व्यवसायमा हानि र चैतमा सुख वृद्धि हुने देखिन्छ। वर्षभरि साढेसाती शनिको प्रभाव रहने भएकाले केही समय मनमा डर, चिन्ता, जिम्मेवारीको भार तथा कार्यमा ढिलासुस्तीको अनुभव हुन सक्छ। शत्रु वा विरोधी पक्षबाट साना–साना अवरोध देखा परे पनि अन्ततः परिणाम तपाईंको पक्षमा नै आउनेछ। धैर्य, संयम र निरन्तर प्रयासले कठिन अवस्थालाई पनि अनुकूल बनाउन सकिनेछ। आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र पुस महिना शुभ रहनेछन्।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि