राशिफल
कर्कट
( ही, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभ रङ : सेतो
कर्कट : साताको सुरुमा आर्थिक तथा व्यावसायिक रूपमा सकारात्मक रहनेछ । घर, सवारीसाधन वा व्यक्तिगत आवश्यकतामा खर्च भए पनि त्यसले सन्तुष्टि दिनेछ । योजनाबद्ध ढंगले अघि बढ्नुहोस् । जागिरेले नयाँ जिम्मेवारी र अवसर पाउनेछन्, जसले प्रतिष्ठा बढाउनेछ । प्रेममा आत्मीयता बढ्नेछ । वैवाहिक जीवनमा पुराना विषयलाई छाडेर नयाँ सुरुवात गर्न सकिनेछ ।
मासिक राशिफल उपलब्ध छैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशि हुनेहरूका लागि यो वर्ष मध्यमदेखि शुभ फलदायी रहने संकेत देखिन्छ। वर्षको प्रारम्भमा केही मानसिक तनाव, अनावश्यक खर्च, ऋणभार तथा पारिवारिक मतभेद देखा पर्न सक्ने सम्भावना छ। तर, वर्षको मध्य भागदेखि आर्थिक उन्नति, पेसा–व्यवसायमा प्रगति, रोकिएका काम पूरा हुने तथा मान–सम्मान बढ्ने योग बलियो देखिन्छ। जग्गा–जमिन, घर–गाडी, निर्माण, शिक्षा, परामर्श, सेवा तथा व्यापार क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। वैदेशिक काम, यात्राबाट लाभ तथा नयाँ सम्बन्ध विस्तार हुने सम्भावना पनि राम्रो छ।पारिवारिक जीवनमा सुरुका दिनमा केही असमझदारी भए पनि पछि सम्बन्धमा सुधार, सुख–शान्ति र सहयोग बढ्नेछ। प्रेम सम्बन्ध तथा दाम्पत्य जीवनमा धैर्य अपनाएमा राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यतर्फ पेट, छाती, रगतचाप, निद्रा तथा मानसिक चिन्तासम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपान र विश्राममा विशेष ध्यान दिनु उपयुक्त हुन्छ। समग्रमा, धैर्य, संयम र योजनाबद्ध प्रयासले यो वर्ष कर्कट राशिका लागि उपलब्धिमूलक बन्नेछ। यो वर्ष वैदेशिक क्षेत्र, व्यापार–व्यवसाय तथा बाह्य सम्बन्धबाट लाभ मिल्ने सम्भावना राम्रो छ। शिक्षा क्षेत्र भने मध्यम गतिमा अघि बढ्ने देखिन्छ, त्यसैले निरन्तर प्रयास आवश्यक रहनेछ। आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना विशेष शुभ रहनेछन्।
अरु राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, की, कु, घ, ङ, छ, के, को, हा
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कुम्भ
गो, सा, सि, सु, से, सो, दा, दि, दु
मीन
दी, दु, थ, झ, ञ, दे, दो, चा, चि