राशिफल
कन्या
( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शुभ रङ : हरियो
कन्या : आर्थिक योजना बनाउन र भविष्यका लागि लगानी गर्न समयअनुकूल देखिन्छ । सम्पत्तिसम्बन्धी योजनाले पूर्णता पाउनेछ । व्यवसायीका लागि यात्रा तथा नयाँ सम्पर्कबाट अवसर सिर्जना हुनेछ । जागिरेले करिअर परिवर्तन वा नयाँ सम्भावनाबारे सोच्न सक्नेछन् । विद्यार्थीले एकाग्रता बढाउन सके अध्ययनमा उल्लेखनीय सुधार ल्याउन सक्नेछन् ।
मासिक राशिफल उपलब्ध छैन।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) यो वर्ष कन्या राशिका जातकका लागि समग्रमा उन्नति, आम्दानी वृद्धि र उपलब्धिको वर्ष रहने संकेत देखिन्छ। वर्षारम्भमा गुरु शुभभावमा रहने भएकाले केही महिनासम्म प्रशस्त धनलाभ, आम्दानीका नयाँ स्रोत विस्तार तथा रोकिएका कामहरू सम्पन्न हुनेछन्। परिवारमा मांगलिक कार्य, शुभसमाचार र नयाँ कामको थालनी हुने योग बलियो छ। वर्षको मध्यभागतिर भने अनावश्यक झमेला, शत्रु बाधा, खर्च वृद्धि तथा मानसिक तनाव बढ्न सक्छ। मंसिरसम्म राहु अनुकूल रहने भएकाले प्रतिस्पर्धी वा शत्रुमाथि विजय प्राप्त गर्दै आफ्नो प्रभाव बढाउन सकिनेछ। यस अवधिमा आम्दानीका थप अवसरहरू खुल्नेछन्। तर, मंसिरपछि खर्च बढ्ने, स्वास्थ्यमा कमजोरी आउने तथा विरोधीहरू सक्रिय हुने सम्भावना देखिन्छ। वैदेशिक क्षेत्रमा काम अधुरै रहने देखिन्छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछन् ।
अरु राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, की, कु, घ, ङ, छ, के, को, हा
कर्कट
ही, हु, हे, हो, डा, डि, डु, डे, डो
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कुम्भ
गो, सा, सि, सु, से, सो, दा, दि, दु
मीन
दी, दु, थ, झ, ञ, दे, दो, चा, चि