राशिफल

मीन राशि

मीन

( दी, दु, थ, झ, ञ, दे, दो, चा, चि )

शुभ रङ : पहेँलो

मीन : यो साता मिश्रित भए पनि सकारात्मक परिणाम दिनेछ । आर्थिक पक्षमा आम्दानीसँगै खर्च बढ्ने भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुहोस् । व्यवसायमा नयाँ योजना सफल बनाउन सकिनेछ । जागिरेले मिहिनेतअनुसार उपलब्धि हासिल गर्नेछन् । शुक्रबारपछि प्रेमसम्बन्धमा सुधार आउनेछ । शरीरमा जोसजाँगर बढ्नुका साथै आम्दानीमा वृद्धि हुनेछ ।

मासिक राशिफल उपलब्ध छैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मिश्रित फलदायी वर्ष रहनेछ। यस वर्ष वृहस्पतिको अनुकूलताले अध्ययन–अध्यापन कार्य सफल रहनेछ। पारिवारिक जीवनमा मांगलिक कार्य सम्पन्न हुने योग देखिन्छ। सन्तान सुख प्राप्त हुनेछ। वर्षको मार्गसम्म राहुको अनुकूल प्रभावले नयाँ कामको थालनी तथा नोकरी प्राप्तिको सम्भावना बलियो रहनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। तर, मंसिरपछि भने केही समय झमेलामा फस्ने, अनावश्यक खर्च बढ्ने तथा मानसिक तनाव बढ्ने सम्भावना देखिन्छ। नोकरी तथा सेवाक्षेत्रबाट मान–सम्मान प्राप्त हुनेछ। वैदेशिक व्यापार तथा रोजगारीबाट पनि राम्रो आम्दानी हुने योग छ। शनि (साढेसाती) को नकारात्मक प्रभावबाट जोगिन ग्रहशान्ति तथा धार्मिक कर्म गर्नु उपयुक्त हुनेछ। घर–परिवारमा मांगलिक कार्य, शुभ समारोह वा नयाँ सदस्य आगमनको योग देखिन्छ। दाम्पत्यजीवनमा समझदारी बढ्नेछ। सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुनेछ। सन्तानको प्रगति वा उपलब्धिले मन प्रसन्न बनाउनेछ। वर्षभरि साढेसाती शनिको प्रभाव रहने भएकाले केही समय मनमा डर, चिन्ता, जिम्मेवारीको भार तथा कार्यमा ढिलासुस्तीको अनुभव हुन सक्छ। शत्रु वा विरोधी पक्षबाट साना–साना अवरोध देखापरे पनि अन्ततः परिणाम तपाईंको पक्षमा नै आउनेछ। धैर्य, संयम र निरन्तर प्रयासले कठिन अवस्थालाई पनि अनुकूल बनाउन सकिनेछ। आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना विशेष रूपमा शुभ रहनेछन्।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु