राशिफल
तुला
( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शुभ रङ : सेतो
तुला : व्यापार–व्यवसायमा सफलता मिल्नेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । आकस्मिक धनलाभ हुनाले मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । बुधबारदेखि करिअरमा नयाँ दिशा प्राप्त हुने सम्भावना छ । जागिर परिवर्तनको प्रयास गरिरहेकाहरूले नयाँ अवसर पाउन सक्छन् । वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ । आर्थिक स्थिति राम्रो रहनेछ ।
मासिक राशिफल उपलब्ध छैन।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यो वर्ष तुला राशिका जातकका लागि मध्यम फलदायी रहने संकेत देखिन्छ। वृहस्पतिको अनुकूल प्रभावले सुख, नोकरी प्राप्ति, सामाजिक क्षेत्रबाट मान–सम्मान तथा प्रतिष्ठा प्राप्त हुने योग छ। वर्षको मध्यभागका केही महिनामा भने आर्थिक संकट, खर्च वृद्धि तथा मानसिक दबाब बढ्न सक्छ। शनिको शुभ प्रभावले धनलाभ, कार्यक्षेत्रमा स्थिरता र प्रयासअनुसार सफलता दिलाउनेछ। तर, राहु–केतुको प्रभावका कारण पुर्ख्याैली सम्पत्तिमा विवाद, पारिवारिक समस्या तथा नोकरीमा आलोचना वा अवमूल्यन सहनुपर्ने अवस्था आउन सक्छ। त्यसैले राहु–केतुको शान्तिकर्म वा धार्मिक उपाय गर्नु लाभदायक रहनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा सफलता मिल्ने योग बलियो छ। विदेश यात्रा, वैदेशिक रोजगारी, अध्ययन वा व्यापारसँग सम्बन्धित योजना सफल हुन सक्छन्।आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना विशेष शुभ रहनेछन्। यी महिनामा लगानी, नयाँ योजना, व्यापार विस्तार तथा धन सञ्चय गर्न उपयुक्त समय रहनेछ। समग्रमा यो वर्ष तुला राशिका लागि सुख–समृद्धि र उपलब्धिसँगै केही पारिवारिक तथा आर्थिक चुनौती पनि लिएर आउनेछ। धैर्य, विवेकपूर्ण निर्णय र ग्रहशान्तिको उपाय अपनाएमा वर्षलाई अझ सफल बनाउन सकिनेछ।
अरु राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, की, कु, घ, ङ, छ, के, को, हा
कर्कट
ही, हु, हे, हो, डा, डि, डु, डे, डो
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
कुम्भ
गो, सा, सि, सु, से, सो, दा, दि, दु
मीन
दी, दु, थ, झ, ञ, दे, दो, चा, चि