राशिफल
मकर
( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
शुभ रङ : कालो
मकर : मिहिनेत र योजनाले यो साता राम्रो परिणाम दिलाउनेछ । आर्थिक पक्षमा सुधार आउनेछ, तर खर्चमा नियन्त्रण आवश्यक छ । व्यवसायीले नयाँ योजना अघि बढाउन सक्नेछन् । जागिरेका लागि नयाँ जिम्मेवारी र अवसर प्राप्त हुनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । वैवाहिक जीवनमा समझदारी कायम रहनेछ । विद्यार्थीले नियमित अध्ययनबाट राम्रो प्रगति गर्नेछन् ।
मासिक राशिफल उपलब्ध छैन।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शुभ समय रहेको छ। यो वर्ष वृहस्पति शुभ फलदायी रहने भएकाले आम्दानीका स्रोतहरू बढ्नेछन्। नोकरी र सामाजिक क्षेत्रमा मान–सम्मान प्राप्त हुनेछ। वर्षको मध्य भागमा केही अशुभ घटनाले चिन्ता बढाउन सक्छ। शनि शुभ रहनाले गुमेको धन फिर्ता हुने तथा सम्पत्तिसमेत वृद्धि हुने सम्भावना छ। जोस र ऊर्जा बढ्नेछ, साथै वैदेशिक रोजगारबाट राम्रो लाभ मिल्नेछ।वैदेशिक रोजगारबाट राम्रै लाभ हुनेछ । वैशाखमा रोग भय र मानहानि, जेठमा धननाश र चिन्ता, असारमा शत्रुनाश र सुख साउनमा लामो यात्रा र खर्च वृद्धि, भदाैमा पारिवारिक समस्याबाट चिन्ता, असोजमा मानसम्मानमा असर, कात्तिकमा कर्म सिद्धि र सुख, मंसिरमा धनलाभ र सुख, पुसमा पीडा भए र अशान्ति, माघमा स्थाननाश र यात्रा, फागुनमा मानहानि र भय र चैतमा धनलाभको योग रहेको छ । वैदेशिक रोजगार तथा विदेशसँग सम्बन्धित कार्यहरूबाट राम्रो लाभ प्राप्त हुने योग रहेको छ। ऊर्जा, आत्मविश्वास वृद्धि हुनेछ। वर्षको मध्यभागमा केही चुनौती र अशान्ति आउन सक्छ, तर धैर्य राखेमा ती समस्या समाधान हुनेछन्। आर्थिक दृष्टिले असार, कात्तिक, मंसिर र चैत महिना शुभ रहेका छ्न् ।
अरु राशिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मिथुन
का, की, कु, घ, ङ, छ, के, को, हा
कर्कट
ही, हु, हे, हो, डा, डि, डु, डे, डो
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कुम्भ
गो, सा, सि, सु, से, सो, दा, दि, दु
मीन
दी, दु, थ, झ, ञ, दे, दो, चा, चि