प्रचण्डको आरोप- संविधानविरोधी गठबन्धनको ‘कमान्डर’ ओली

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन नयाँ नभएको बताएका छन्। 

दार्चुलाको गोकुलेश्वरमा आयोजित लोकतान्त्रिक वाम-गठबन्धको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्ने वेलादेखि नै भएको बताएका हुन्। 

गिरिजाप्रसाद कोइराला र आफूबीच १२ बुँदे समझदारीबाटै गठबन्धन भएको बताउँदै उनले भने, ‘मलाई आजै निकै गर्व महसुस भएको छ। हाम्रो गठबन्धन समझदारीपत्रमा हस्ताक्षर गर्ने वेलामै भएको हो। गिरिजाबाबुले हस्ताक्षरपछि लालसलाम र आफूले जय नेपाल भनेर गठबन्धनको सुरुवात गरेका हौँ। यो गठबन्धनको राष्ट्रियताको रक्षा, देशको विकास र समृद्धिका लागि बनाएका हौँ।’

उनले एमाले अध्यक्ष केपी ओलीले अहिले पनि संविधानविरोधीहरूको नेतृत्व गरेको आरोप लगाए। ‘अब ओली पार्टी हाेइन कम्पनी मात्रै रह्यो,’ उनले भने ।  दार्चुलामा भएको चुनावी सभापछि कांग्रेस सभापति देउवा र अध्यक्ष प्रचण्ड बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्न हिँडेका छन्।

सुझावित समाचार