भूकम्पका घाइतेको डोटीमा उपचार हुँदै

बुधबार, २३ कार्तिक, २०७९
डिजिटल संस्करण

गएरातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको डोटी अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकोप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त ठाउँमा आठ घर पूर्ण रूपमा भत्किएर क्षति पुगेको  छ ।     
 

See More On

सुझावित समाचार