अरिँगालले टोकेर मकवानपुरमा एकजनाको मृत्यु

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

अरिँगालको टोकाइबाट मकवानपुरमा एकजनाको ज्यान गएको छ।  जिल्लाको भीमफेदी गाउँपालिका– ६ पारिबजारका ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

वडाको कापडाँडास्थित जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई कालो अरिँगालले टोकेर घाइते भएपछि उपचारको लागि भीमफेदी स्वास्थ्य चौकी ल्याइएको थियो। 

भीमफेदीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र यहाँ पनि उपचार सम्भव नभएपछि चितवनको टाँडीस्थित बकुलहर अस्पताल पुर्याइएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । स्याङ्तानको उपचारको क्रममा अस्पतालमा बुधबार राति मृत्यु भएको डिएसपी कार्कीले बताए ।

सुझावित समाचार