फिटनेस रहन दैनिक कुद्छु

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण
फिटनेस रहन दैनिक कुद्छु

युवराज चौलागाईं, गायक

फिटनेस

युवराज चौलागाईं, गायक

तेक्वान्दोको ब्ल्याकबेल्ट हुँ । त्यसकारण पनि फिटनेसमा कम्प्रमाइज हुँदैन । फिट रहन आफ्ना साथीहरूलाई पनि सजेस्ट गर्छु । बिहान उठेर ज्यानलाई हल्का रेस्ट दिएपछि एक गिलास मनतातो पानी पिउँछु । सधैँ रनिङमा जान्छु । स्ट्रेचिङ, योगालगायत लाइट एक्सरसाइज गर्छु । समय मिलेका वेला मार्सल आर्टस् पनि प्राक्टिस गर्छु ।

नुहाएर पूजा गर्छु । म आध्यात्मिक प्रकृतिको मानिस हुँ । बाबु–आमाले यसरी नै हुर्काउनुभयो, सानैदेखि धर्ममा लगाव छ । पूजा गरिसकेपछि हल्का भोजन लिन्छु । प्रायः चना र फलफूल खान्छु । त्यसपछि  हार्मोनियम समाउँछु र ओमको ध्यान गर्छु । अनि बल्ल रियाज गर्छु । म कम्तीमा एकदेखि दुई घन्टा रियाज गर्छु । 

मलाई बिहान रियाज गर्न मज्जा लाग्छ । स्वरलाई फर्ममा राख्न यो जरुरी छ । कहिलेकाहीँ बिहानै रेकर्डिङ परिदिन्छ र हतारोका कारण आधा घन्टा मात्रै गर्छु, तर दैनिक रियाज गरेकै हुन्छु । दिउँसो र बेलुकीको समयमा प्रायः रेकर्डिङ परिरहेको हुन्छ । फुर्सदको समय मिल्दा बेलुकी गिटारमा गीतहरू कम्पोजिसन गर्छु ।

See More On

सुझावित समाचार