राप्रपाबाट मकवानपुर १ मा दीपकबहादुर सिंह उम्मेदवार

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

गत स्थानीय तह निर्वाचनमा तहल्का मच्चाएका दीपकबहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन्।

राप्रपाले मकवानपुरमा उम्मेदवारको टुंगो लगाउँदै मकवानपुर १ मा सिंहलाई टिकट दिएको हो। सिंहले गत स्थानीय निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरमा २० हजार बढी मत ल्याएका थिए।

उनै सिंहलाई आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उम्मेदवार बनाएको हो। राप्रपाले प्रतिनिधिसभा सदस्यका लागि नाम टुंग्याएसँगै प्रदेश सभा सदस्यका लागि मकवनपुर १ को (क) मा सागर थापा र (ख) मा गुञ्जबहादुर न्यौपाने सारथिको नाम टुंगो लगाएको छ।

यसैगरी राप्रपाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राजन मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै प्रदेश सभा सदस्यका लागि मकवानपुर २ को (क) मा बद्रीबहादुर खड्का र (ख मा रामबहादुर घलेलाई उम्मेदवार बनाउने भएको छ ।

सुझावित समाचार