राक्सिराङमा ढिस्कोले घर पुरिँदा एकजनाको मृत्यु

बिहिबार, २० असोज, २०७९
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिका– ६ मागेनीमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४७ वर्षाीय तोकबहादुर चेपाङ रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।

परिवारका सबै सदस्य ससुराली गएको वेला एक्लै घरमा रहेका चेपाङको ढिस्कोले पुरिएर मृत्यु भएको मल्लले बताए।
 

सुझावित समाचार