महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू]
बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्ने सर्वसाधारणको भिड लागेको छ। दसैँको अवसरमा विशेष पूजा तथा आराधना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्।
महानवमीमा देवी दुर्गाको विशेष पूजा गर्ने धार्मिक परम्पराअनुसार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ। मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने भएकाले दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ।
एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताका सबै खेलमा डिआरएस लागू गर्ने निर्णयसँगै खेल सञ्चालनको समयसमेत संशोधन गरिएको जनाएको छ।
क्यानका अनुसार सिद्धार्थ बैंक एनपिएलको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
डिआरएस प्रविधि लागू भएपछि खेलाडीले मैदानमा रहेका अम्पायरको निर्णयप्रति असहमति जनाउँदै पुनरवलोकन माग गर्न सक्नेछन्। विशेषगरी एलबिडब्लू, क्याचलगायतका विवादास्पद निर्णयको समीक्षा गर्न यो प्रविधि उपयोगी मानिन्छ।
राष्ट्रपति पौडेलले बुधबार टीका र जमरा ग्रहण गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने भएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि विजयादशमीका दिन राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहँदै आएको थियो। तर, गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नुपरेको तथा शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम स्थगित गरिएको छ।
रोनाल्डोमाथि ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो देशको अन्तर्राष्ट्रिय क्याम्प छोडेकोमा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गरेको छ।
४१ वर्षीय कप्तानले सेप्टेम्बरमा नर्वेविरुद्धको खेलमा बेन्चमै सीमित रहेपछि र अक्टोबर १ मा डेनमार्कविरुद्ध सुरुवाती ११ मा नपर्ने थाहा पाएपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छोडेर हिँडेका थिए।
यो प्रतिबन्ध डेनमार्कविरुद्धको खेलको दिनदेखि नै लागू हुने भएकाले रोनाल्डोले पोर्चुगलको कुनै पनि खेल गुमाउने भने छैनन्। उनले प्रतिबन्धको १९ दिन बिताइसकेका छन्। पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगमा पुनः डेनमार्कको सामना गर्नेछ भने त्यसको तीन दिनपछि वेल्सको भ्रमण गर्नेछ।
दसैँमा काठमाडौंका सडकमा चहलपहल घट्यो [फोटोफिचर]
दसैँ मनाउन गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ। सामान्य दिनमा व्यस्त रहने सडक तथा चोकहरूमा अहिले सवारीसाधनको चाप कम देखिन थालेको छ। सार्वजनिक यातायातमा यात्रुको चापसमेत घट्न थालेको छ।
उपत्यकाका मुख्य सडक, चोक र बजार क्षेत्रमा चहलपहल घट्दै गएको छ। चहलपहल घटे पनि यसअघिका वर्षहरूमा जस्तो काठमाडौं सुनसान भने छैन। मानिसहरू घर फर्किने क्रम जारी रहेकाले आगामी दिनमा चहलपहल थप कम हुने देखिन्छ।
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुने मौका छोपेर डिजिटल ठगहरू सक्रिय हुने र सानो असावधानीले बैंक खाता नै रित्तिन सक्ने भन्दै राष्ट्र बैंकले आफ्नो मिहिनेतको कमाइलाई सुरक्षित राख्न आग्रह गरेको हो।
दसैँ अफर, उपहार वा बोनसको प्रलोभन देखाएर पठाइएका अपरिचित लिंकहरू नखोल्न आग्रह गर्दै केन्द्रीय बैंकले आफ्नो ओटिपी, युजरनेम, पासवर्ड वा पिनकोड कसैलाई नदिन भनेको छ। मोबाइल बैंकिङ वा बैंक खाता ब्लक भएको भन्दै आउने फोन तथा मेसेजलाई बेवास्ता गर्नसमेत आग्रह गरिएको छ।
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।
ओमानमा सम्पन्न शृंखलामा सहभागी नेपाली टोली मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधिहरूले स्वागत गरेका थिए।
सीमा बन्द नगरे युरोपको अस्तित्व संकटमा पर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्सलगायत युरोपका विभिन्न देशमा देखिएका अशान्तिको प्रमुख कारण आप्रवासन भएको दाबी गरेका छन्।
ह्वाइटहाउसबाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा देखिएका समस्याको मुख्य कारण शिक्षा वा घरेलु नीतिभन्दा पनि आप्रवासन रहेको बताएका हुन्। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई वर्षौँअघि नै सीमा बन्द गर्न सुझाव दिएको दाबीसमेत गरे।
बर्दियामा २१ हजार ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा
बर्दियामा करिब २१ हजार ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका छन्। स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयको तथ्यांकअनुसार ७० वर्षभन्दा माथिका २० हजार ९०९ जना ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार पाइरहेका हुन्।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाका प्रमुख डिकेन्द्रबहादुर विष्टले हालसम्म २१ हजार ३९० जना ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेको बताए। उनले भने, ‘स्वास्थ्य बिमामा आबद्ध हुने ज्येष्ठ नागरिकको सङ्ख्या २१ हजार ३९० जना थियो। जसमध्ये ४२१ जनाको मृत्यु भएकाले हाल २० हजार ९०९ ज्येष्ठ नागरिकले स्वास्थ्य बिमाबाट निःशुल्क स्वास्थ्य उपचार सेवा लिइरहनुभएको छ।’
२५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारी पक्राउ परेका छन्। कास्की कारागारबाट फरार भएको तीन दिनपछि उनलाई प्रहरीले पोखराको एक गेस्टहाउसबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार जलारी ०८३ असोज ३१ गते राति कास्की कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो।
खोजतलासका क्रममा प्रहरी टोलीले मंगलबार पोखरा महानगरपालिकास्थित पृथ्वीचोकको न्यु झरना गेस्टहाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई पक्राउ गरेको हो।