आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई भूभागमा थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज मंगलबार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी, आज राति कोशी, बागमती  र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने महाशाखाको प्रक्षेपण छ। देशका बाँकी हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

सुझावित समाचार