यी हुन् आज उपत्यकामा सवारी आवागमन प्रभावित हुने क्षेत्र

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली झाङ्सु काठमाडौंमा छन् । उनको आजको घुमफिर र भेटघाटको कार्यतालिकाअनुसार उपत्यकाको सवारी आवागमन पनि प्रभावित हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष कारणवश उपत्यकाको सवारी आवागमन प्रभावित हुने बताएको छ । 

आज सवारी आवागमन प्रभावित हुने क्षेत्र

विशेष कारणवश आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली,  माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँठिमी, राधेराधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्याँसी, सिडियो कार्यालयदेखि भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै १५:३० बजेको आसपासमा सोल्टी होटेल, कालीमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलतनिवाससम्मको सवारी आवागमन  प्रभावित हुने भएको छ । 

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

See More On

सुझावित समाचार