अनशन बस्न धनगढी पुगे गोविन्द केसी

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण
अनशन बस्न धनगढी पुगे गोविन्द केसी

फाइल तस्बिर

चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी पुनः अनशन बस्न धनगढी पुगेका छन्। सरकारले आफ्ना माग पूरा नगरेको भन्दै उनी पुनः अनशन बस्न लागेका हुन्। सरकारले २६ भदौसम्म केसीका माग पूरा गर्ने आश्वासन दिएको थियो।

यसअघि पटकपटक अनशन बसेका केसीले यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश पुगेर अनशन बस्ने तयारी गरेका छन्। धनगढीमा रहेका उनले अनशनस्थल भने यकिन भइनसकेको नयाँ पत्रिकालाई बताए।  ‘मेरा माग पूरा गर्ने हिजोसम्मको अल्टिमेटम थियो। तर, सरकारले वास्तै गरेन। त्यसैले प्रधानमन्त्रीको गृह प्रदेशमै अनशनको तयारी गरेको हुँ,’ उनले भने, ‘हिजोसम्म कुरेर बसेको थिएँ।’

चिकित्सा शिक्षा सुधारको माग राखी अनशन बस्दै आएका उनले यसपटक सामाजिक न्याय र सुशासनका मुद्दालाई समेत लिएर असन बस्ने तयारी गरेका हुन्।

सुझावित समाचार