दार्चुलामा डेंगु संक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

दार्चुलामा डेंगु संक्रमणका कारण पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका– ४ की पाँच वर्षीया उषा धामीको शंकरपुर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार स्वास्थ्य चौकी शंकरपुरमा भर्ना भएकी ती बालिकाको डेंगु संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य चौकीका मेडिकल अधिकृत नीराजन बोहराले जानकारी दिए । जिल्ला अस्पताल दार्चुलामा भदौ २० गते चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । 

जिल्ला अस्पताल दार्चुलाका डाक्टर आदर्श लिम्बूका अनुसार ल्याब परीक्षण गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफस देखिएको थियो । अहिले जिल्ला अस्पतालमा डेंगुका १० जना बिरामी  भर्ना भएका छन् भने जिल्लाभरि संक्रमितको संख्या २८ पुगेको छ । 

See More On

सुझावित समाचार