सकेसम्म घरमै खान्छु : विपिन कार्की

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण
सकेसम्म घरमै खान्छु : विपिन कार्की

विपिन कार्की अभिनेता

विहान सबेरै उठछु । त्यसपछि मनतातो पानी पिउँछु । मलाई दाल, भात, तरकारी नै मिठो लाग्छ । पिरो धेरै भएको खानेकुरा खाना सक्दिनँ । सुटिङको समयबाहेक घरमै बनाएको खाना खान्छु ।

प्रायः श्रीमतीले घरमै खाना खुवाएर पठाउँछिन् । बाहिर मिटिङ हुँदा खानैपरे कफी खान्छु । खाजा खानैपरे चिकेन मःम खान्छु । स्वास्थ्यको दृष्टिकोणबाट पनि बाहिरको खाना उचित ठान्दिनँ । सुटिङ नहुँदा घरमै बस्नुपर्यो भने आफैँ खाजा बनाएर खान्छु । 

मलाई सलाद धेरै मन पर्छ ।  मलाई माछा–मासुभन्दा सागपात मन पर्छ । मासु अलि कम खान्छु । मलाई गुलियो पदार्थ धेरै मन पर्छ । आइसक्रिम, कुल्फी, मिठाई देखेँ भने खान मन लाग्छ । फिल्म सुटिङको समयमा ‘मुड फ्रेस’ गर्न कोल्ड ड्रिंक्स पिउँछु ।

कोल्ड ड्रिंक्सले फ्रेस बनाएको अनुभूति हुन्छ । अर्काे टेक लिन कोल्ड डिं«क्सको सहारा लिन्छु । गुलियो पदार्थ खानु मेरो खराब बानी हो । यसलाई क्रमशः कम गर्दै जानुपर्ने छ । 

See More On

सुझावित समाचार