टू–ह्विलर्स कम्पनी टिभिएसले आफ्ना ग्राहकका लागि अपाचे ओनर ग्रुप (एओजी) नामक समूहलाई चितवनमा राइड कार्यक्रम गरेको छ । चितवनको मल्लश्री मोटर्स प्रालिबाट सौराहाको होटेल पार्क ल्यान्डसम्म ४० जना राइडरको सहभागितामा कार्यक्रम भएको हो ।
त्यस क्रममा सहभागी वसन्त रानाले सवारी तथा सडक सुरक्षासम्बन्धी जानकारीसमेत दिएको कम्पनीको भनाइ छ । रानाले नेपालको पर्यटकीयस्थल चितवनमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागतयोग्य रहेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने उनले अपेक्षा व्यक्त गरे ।
कम्पनीले हालसम्म एओजी राइड कार्यक्रम काठमाडौं, कोसी, गण्डकी र लुम्बिनी च्याप्टरमा सम्पन्न गरिसकेको जनाएको छ । यसपछि सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको जनाइएको छ । टिभिएस टू–ह्विलर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभरमा एक सय ३२ भन्दा बढी डिलरमार्फत सहज वितरण सञ्जालका कारण ग्राहकले यसलाई रुचाएको कम्पनीको दाबी छ ।