राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आज आयोजित एक समारोहमा उनीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा डा ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।