अनुहारको स्याहारबारे महिलाको तुलनामा पुरुष निकै अल्छी हुन्छन् । पार्टीविशेष केही भयो भने मात्रै हल्का मेकअप गर्ने गर्छन् । तर, नियमित रूपमा त्यति चासो राखेको देखिँदैन । दाह्री–जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त हुँदैन । दाह्री काट्दा पुरुषले यी कुरामा विशेष ध्यान दिनुपर्छ :
दाह्री काट्ने क्रिम
स्मुथ रूपमा दाह्री–जुँगा काट्नका लागि सेभिङ क्रिमको प्रयोग गर्नुपर्छ । सामान्य रूपमा साबुनले पनि काम चल्छ भन्नु गलत हो । यसले अनुहारको छालामा नकारात्मक असर पार्ने जोखिम हुन्छ । त्यसकारण सेभिङ क्रिम प्रयोग गरेर मात्र दाह्री–जुँगा काट्नु उपयुक्त हुन्छ ।
नयाँ ब्लेड प्रयोग गर्नैपर्छ
दाह्री–जुँगा काट्दा ब्लेडको प्रयोग गर्दा सावधानी अपनाउनैपर्छ । पुरानो ब्लेड सकेसम्म प्रयोग नगरेको राम्रो हुन्छ । हामीले यी कुरामा ध्यान दियौँ भने राम्रो हुन्छ ।
(हेयर डिजाइनर देवेन गुरुङसँग गरिएको कुराकानी)