बच्चाहरू झर्किए, रिसाएमा के गर्ने ?

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

- घरपरिवार वा साथीभाइसँगको तनावलाई बालबच्चाले आफ्नै तरिकाले बुझ्ने गर्छन् । स्कुल, घरपरिवारमा तनावजन्य वातावरण छ भने बालबच्चामा चिन्ता, उदासीलगायतको समस्या देखिन्छ । 

- यस्तो अवस्थामा बालबालिकालाई खुसी बनाउन अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । प्रशस्त पानी पिउन दिने । बेलुका सुत्नुअघि बच्चाको आँखा रोज वाटर राखेर कुलडाउन गराइदिने । 

- यति गर्दा मात्रै बच्चाको तनाव पनि कम हुन्छ । खानपानमा पनि ध्यान दिनुपर्छ । बच्चालाई जंकफुड खाना दिनुहुन्न । फलफूल तथा होममेड खाना मात्रै खुवाउनुपर्छ ।

- बिहान आफूसँगै योगाभ्यासमा सहभागी गराउनुपर्छ । बिहान ढिलोसम्म सुत्न दिनुहुँदैन । यसले बच्चामा इरिटेसन हुन्छ ।

- बिदाको दिन उनीहरू आफ्नो रुचिअनुसार रमाउन खोज्छन् । आफ्नो बच्चा कुन कुरामा बढी रमाउन खोज्छ, त्यसैमा रमाउन दिनुपर्छ । कहिलेकाहीँ उनीहरू अचानक रिसाउँछन् । त्यस्तो वेला तुरुन्तै रियाक्ट गर्नुहुँदैन । ढिला रियाक्ट गर्नुपर्छ । फकाएर सोध्नुपर्छ । सकेसम्म खुसी राख्ने प्रयास गर्नुपर्छ । 

सुझावित समाचार