मास्कको प्रयोग ओमिक्रोनविरुद्ध उपयोगी भएको अध्ययनको दाबी

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

अस्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरूको समूह ‘बर्नेट इन्स्टिच्युट’ले कोरोना भाइरसको फैलावट न्यूनीकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो । अस्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।   

प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ संक्रमितको संक्रमित २० प्रतिशत र मृतकको संख्या १४ प्रतिशतले घटेको देखिएको छ ।उनीहरूले फरक-फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

जुनसुकै प्रकारको मास्क लगाए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । यस अध्ययनबाट कुल संक्रमित र अस्पताल भर्ना भएकाहरूको संख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । रासस

सुझावित समाचार