चिनियाँ सेनाले ताइवाननजिकै पनडुब्बी र हवाइजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पिएलए) ले अगस्ट ४ देखि ७ सम्म टापु वरपरका करिब ६ स्थानमा संयुक्त अभ्यास गरिरहेको बताइएको छ ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले यसक्षेत्रमा विभिन्न किसिमका सैन्य अभ्यासहरू गरिरहेको छ । पछिल्लो समय १०० भन्दा बढी चिनियाँ लडाकु विमान र १० वटा युद्धपोतहरूले ताइवान वरपर लाइभ–फायर सैन्य अभ्यास गरिरहेका छन् ।
योसँगै ताइवान स्ट्रेट वरपर थुप्रै चिनियाँ विमान र जहाजहरू विभिन्न किसिमका युद्धकलाको अभ्यास जस्तो देखिने प्रदर्शनीहरू गरिरहेका छन् । केही विमानहरूले चीन र ताइवानबीचको सीमारेखा जस्तो प्रतीत हुने मध्यरेखा पनि पार गरेका छन् ।
चीनले ताइवानलाई विदेशी सरकारहरूसँग आफ्नो छुट्टै सम्पर्क राख्ने कुराको विरोध गरिरहेको छ, तर साभामुख पेलोसीको भ्रमणपछि भने कडा प्रतिक्रियाहरू विभिन्न तहमा सार्वजनिक गर्दै आएको छ ।
यसैबीच, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानलगायत धेरै देशहरूले चीनले ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निन्दा गर्दै चीनलाई तत्काल सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् ।
ताइवाननजिक चीनको सैन्य अभ्यास जारी रहने
एआई दुरुपयोगबारे बिल गेट्सको चेतावनीको अर्थ
४ हप्ता अघि
इतिहासमा आज
४ हप्ता अघि
इतिहासमा आज
४ हप्ता अघि
सुझावित समाचार
ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा ल्याउनेछैन शान्ति
ट्रम्पको पन्ध्रबुँदे योजनाले गाजामा शान्ति ल्याउने सम्भावना छैन, यो स्थितिलाई यथावत् राख्ने वा समय बर्बाद गर्ने एउटा बहाना मात्र …
इतिहासमा आज
सन् १९९९ : आर्मेनियाको संसद्मा गोली हानाहान । संसद्मा सशस्त्र समूहले चलाएको गोली लागेर प्रधानमन्त्री र सभामुखसहित आठजनाको मृत्यु …
ब्राजिलमा लुला चौथोपटक राष्ट्रपतिमा विजयी
रियो दि जेनेरियो/ ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । अक्टोबरको सुरुमा भएको पहि…
विभिन्न देशमा किन भइरहेको छ ‘जेन–जी’ विद्रोह ?
शासन प्रणालीका अनेकौँ असफलता र राज्यको क्षमतामा आएको ह्रासका कारण नयाँदिल्ली, पेरिस, रोमदेखि म्याड्रिडका सडकमा युवाले आक्रोश पोखेका छन्
फ्रान्सको प्रदर्शनमा हजार पक्राउ
पेरिस/ फ्रान्सभर लाखौँ मानिस विरोध प्रदर्शनमा सहभागी हुँदा करिब एक हजारजना पक्राउ परेका छन् । शनिबार अबेरसम्म चलेका यी प्रदर्शनक…
महिला सुरक्षाको विषयलाई राजनीतिक भर्याङ नबनाइयोस्
महिलाको सुरक्षा एनडिए वा आरजेडीको मात्र मुद्दा होइन, यो बिहारको मुद्दा हो, राज्यलाई राजनीतिक सहमतिको खाँचो छ