पछिल्लो २४ घन्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पाँच हजार नाै सय २६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

आरटी पिसिआर विधिबाट दुई हजार पाँच सय ८९ नमुना परीक्षण गर्दा चार सय ९४ जनामा तथा एन्टिजेन विधिबाट तीन हजार तीन सय ३७ नमुना परीक्षण गर्दा दुई सय ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, सो समयमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय दुई रहेको छ । 

सुझावित समाचार