म्यानमारमा संकटकाल ६ महिना थप

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

म्यानमारका अधिकारीहरूले यहाँको राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो।

सो काउन्सिलले म्यानमारमा हाल जारी संकटकालीन अवस्था अरू ६ महिना थपिएको जानकारी दिएको हो। सो काउन्सिलले यहाँ आमनिर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरू ६ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ ।

यहाँका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए। त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एन्ड सेक्युरिटी काउन्सिलले संकटकाल लम्ब्याएको थियो।

म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ। यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आमनिर्वाचन गर्ने तयारी थालेको जनाएको छ । रासस/सिन्ह्वा

सुझावित समाचार