मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

मुगुको छायाँनाथ–रारा नगरपालिका– १३ रुगागाउँनजिकै ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। कर्णाली नदीबाट बालुवा लिएर गाउँतिर जाँदै गरेको लु.४छ ७७६२ नम्बरको ट्याक्टर आइतबार बिहान करिब साढे ८ बजेतिर रुगागाउँनजिकै रुघा सिमाना भन्ने स्थानमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा छायाँनाथ–रारा– १३ रुगागाउँका २४ वर्षीय लोकेन्द्र लावड रहेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने मृतकको पोस्टमार्टमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। ट्याक्टर कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार