काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको दसैँको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
टीका ग्रहणपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमै टीका र जमरा लगाइदिएका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार दसैँको परम्पराअनुसार राष्ट्रपति पौडेलले परिवारका सदस्यहरूसँग टीका तथा जमरा ग्रहण गरी पर्व मनाएका हुन्।