वीरगन्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँचजना पक्राउ

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

वीरगन्ज । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ।वीरगन्ज महानगरपालिका– १४, गण्डकस्थित गोल्डेन फिंग गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका– ४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका– ३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका– १ का सुवासकुमार, परवानीपुर गाउँपालिका– ५ का सुनील पटेल र रौतहटको बौधीमाई नगरपालिका– ९ का सुमेश्वरनाथ प्रसाद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई आज नियन्त्रणमा लिइएको हो।

सुझावित समाचार