पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म रहन्छ : अध्यक्ष नेपाल

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण
पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म रहन्छ : अध्यक्ष नेपाल

फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँचदलीय गठबन्धन संघीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन्।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने।

फरक प्रसंगमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए। उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ–प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौं।”  रासस

सुझावित समाचार