एसइई नतिजा : कम्प्युटर साइन्स रोज्नेले ल्याए सबैभन्दा धेरै ए प्लस

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण
एसइई नतिजा : कम्प्युटर साइन्स रोज्नेले ल्याए सबैभन्दा धेरै ए प्लस

फाइल फाेटाे ।

बुधबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को नतिजाले कम्प्युटर साइन्समा धेरै विद्यार्थीले राम्रो गरेको देखाएको छ । ऐच्छिक विषय कम्प्युटर साइन्स लिएका धेरै विद्यार्थीले राम्रो नतिजा ल्याएका छन् । 
नतिजाअनुसार २५ हजार ८४० परीक्षार्थीले कम्प्युटर साइन्समा ए प्लस ल्याएका छन् । अनिवार्य अंग्रेजीमा १५ हजार ३९९ र स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा १३ हजार ९८९ विद्यार्थीले ए प्लस ल्याएको देखिन्छ । 
त्यसैगरी, ऐच्छिक विषय अफिस म्यानेजमेन्ट र एकाउन्टमा ११ हजार ६३१, ऐच्छिक गणितमा १० हजार ९४४, साइन्समा आठ हजार ६५८ ले ए प्लस ल्याएका छन् । साधारणतर्फका अनिवार्य विषयमध्ये नेपालीमा सबैभन्दा कम एक हजार आठ सय चारजनाले मात्र ए प्लस ल्याएका छन् ।
 

सुझावित समाचार