बाँकेको कोहलपुरमा पति-पत्नी मृत फेला

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

बाँकेको कोहलपुर नगरपालिका- १४ मा पति-पत्नी मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया पत्नी अञ्जली गडरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरू आज बिहान घरमा नै मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।  

घटना शंकास्पद भएकाले दुवैजनाको शव पोस्टमार्टमका लागि भेरी अस्पताल ल्याइएको छ । पोस्टमार्टम रिपोर्टपछि कसरी मृत्यु भएको हो भन्ने कुरा खुल्नेछ ।घटनाको सम्बन्धमा प्रहरी विस्तृत अनुसन्धानमा जुटेको छ । 

See More On

सुझावित समाचार